No Image Headlineखबर फटाफटदेश
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव न्यून छ ।
बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।