No Image Headlineअन्तराष्ट्रिय

युक्रेनको बाल अस्पतालमा रुसी आक्रमण, युक्रेनी राष्ट्रपतिले भने-युद्ध अपराध

Thrill Factory
Rungta Group

युक्रेनको बन्दरगाह सहर मारिओपोलस्थित एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गर्दा प्रसूति अनि बालबालिकाहरूको उपचार गरिने वार्ड ध्वस्त भएको छ ।

उक्त आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अपराधको सङ्ज्ञा दिएका छन् ।

रुसले यसअघि उच्च प्रभावित शहरका सर्वसाधारण मानिसलाई छवटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो नयाँ सङ्घर्षविराम सहमति गरेको जनाइएको थियो । संयुक्त राज्य अमेरिकाले रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्रहरू प्रयोग गर्न सक्ने दाबी गरेको छ

आईएईएले पछिल्ला दिनमा युक्रेनको प्रमुख परमाणु उर्जा केन्द्र जापोरिज्यासँग आफ्नो टाढैबाट अनुगमन गर्न मिल्ने डेटा प्रसार प्रणालीसँग सम्पर्क टुटेको जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसी हमलापछि उत्पन्न मानवीय र आर्थिक सङ्कटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायता दिने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button