No Image Headlineदेश

२४ घण्टामा २ सय २४ जनामा काेराेना सङ्क्रमण

Thrill Factory
Rungta Group

पछिल्लो २४ घण्टामा देशभर दुई सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १० हजार ९२ जनाको नमुना परीक्षण गर्दा दुई सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५१ जना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

अहिले नेपालमा पाँच हजार ६ सय ९२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button