No Image Headlineअर्थ

तरलता संकट कम गर्न राष्ट्र बैंकले ल्यायो १० अर्बको रिपो

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्बको रिपो जारी गर्ने भएको छ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले चैत १० गते परिपक्व हुने यो रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा एसएलएफ प्रयोग गर्दछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button