यस्तो पनि

भोटिङ मशिनको सुरक्षा गर्न रातभर भजनकीर्तन !

Patanjali Nepal
Sweet Mart Food

भारतको उत्तर प्रदेशमा विधानसभा चुनावअन्तर्गत मतदान भइसकेको छ ।

चुनावका उम्मेदवारको भाग्य विद्युतीय मतदान उपकरण इलेक्ट्रोनिक भोटिङ मशिनमा कैद भइसकेको छ ।

निर्वाचन आयोगले बिहीवार मतगणना गर्दैछ । मतदान भइसकेर जनमत मशिनमा कैद भएका बेला समाजवादी पार्टी ९सपा० कार्यकर्ताले भोटिङ मशिनको सुरक्षाका लागि भजनकीर्तन गरेका छन् ।

उत्तर प्रदेशको कानपुरमा पार्टी प्रमुख अखिलेश यादवको निर्देशनमा कार्यकर्ताले भोटिङ मशिन राखिएका ठाउँमा भजनकीर्तन गरिरहेका छन् ।

सपा कार्यकर्ताले भजनकीर्तन सँगसँगै नृत्य समेत गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भजनकीर्तनले निद्रा नलागोस् र मशिनको सुरक्षा गर्न सकियोस् भनेर उपाय निकालिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button