खेल संसार

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

दोस्रो लेगमा पराजित भएर पनि इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो खेलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएको हो ।

इन्टर मिलानका लागि ६१ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन्।

६३ औँ मिनेटमा मार्तिनेजलाई गोलका लागि सहयोग गरेका एलेक्स सान्चेज दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इन्टर मिलान १० खेलाडीमा सीमित भयो । तर त्यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

दोस्रो लेगमा पराजित भए पनि समग्रमा २–१ को जितसहित लिभरपुल अन्तिम ८ मा पुगेको हो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button