No Image Headlineअर्थ

नेपाल भारत सीमा व्यापारका सरोकार, सहजीकरणमा मतैक्यता

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले “भारत–नेपाल सीमा व्यापार” का सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोमबार भएको कार्यक्रममा भारतीय महावाणिज्यदूत नितिश कुमारले स्वागत मन्तव्य व्यक्त गरे ।

नेपाल भारत पारवहनका साथै नेपाली आयात निर्यातकर्ताहरुले समय समय आयात निर्यात गर्ने क्रममा देखिएका व्यवहारिक तथा नीतिगत कठिनाईहरुलाई समेटी तयार गरिएको कार्यपत्र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले प्रस्तुत गरेका थिए ।

गुप्ताले रक्सौल–वीरगञ्ज नाकालाई ह्यापी बोर्डरको रुपमा विकास गर्नुपर्ने, रक्सौलमा विगतदेखि बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउनुपर्ने, रक्सौल रेल्वे क्रसिङ्गका कारण सधैंभरि ढाट बन्द भई रहने भएकोले ओभरब्रिजको निर्माण हुनुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै रक्सौल रेल्वे साइडिङ्गका रोडहरुलाई समयसापेक्ष स्तरोन्नति गरिनुपर्ने, रक्सौल–पिपराकोठी ६ लेनको काम सम्पन्न गरिनुपर्ने, आईसिपी–लक्ष्मीपुर सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेका फ्लाई ओभरको निर्माण कार्य समयमा सम्पन्न हुनुपर्ने बताएका थिए ।

नेपाल–भारत ट्रेड एण्ड ट्रान्जिट सम्बन्धमा आयात निर्यातका क्रममा आवश्यक प्रयोगशालाको स्थापना गरी कोलकाताबाट परीक्षण गराउनुपर्ने बाध्यता अवस्थाको अन्त गरिनुपर्ने र नेपाल भारत निर्यातमा भ्यालु एडिशनलाई घटाई १० प्रतिशत कायम गरिनुपर्ने, नेपालको आयातलाई थप सहज बनाउन मुम्बई, धमरा र केन्डला पोर्टलाई पनि नेपाल आयातको लागि प्रयोगमा ल्याउनुपर्ने माग राखे ।

नेपाली सवारी साधनहरुलाई भारतीय भूमिमा आवागमनको लागि सहजता प्रदान गर्नुपर्ने, नेपाली नागरिकलाई भारतबाट तेस्रो मुलुकको यात्राको लागि सहजता ल्याउनुपर्ने तर्फ भारतीय महावाणिज्यदूत नितिश कुमारको ध्यानाकर्षण गराए ।

त्यस्तै केही सिमित मात्रामा भारतीय मुद्रा, भारतीय तथा नेपाली नागरिकहरुको लागि सहज उपलब्ध हुनुपर्ने, रक्सौलबाट भारतका मुख्य मुख्य शहरहरुलाई जोड्ने सुपरफास्ट ट्रेनको सञ्चालन हुनुपर्ने, आईसिपीमा पार्किङ्ग एरिया प्रयोग गर्ने सवारीसाधनसँग मात्र पार्किङ्ग शुल्क लिनुपर्ने, वजन गर्ने मेशिनको चार्ज, परीक्षण शुल्क र जिएसटी हटाउनुपर्ने, आईसिपीलाई बिहानै ५ बजेदेखि नै खोल्नुपर्ने माग पनि व्यापारीहरुको थियो ।

भारत र नेपालको पर्यटन प्रबद्र्धनको लागि टुरिष्ट हेल्प डेस्क र व्यापारिक मतभेद निवारण डेस्कको स्थापना हुनुपर्ने, लिक्विड कार्गो प्लाष्टिक ब्यागमा राखी कन्टेनरमा ढुवानी गर्न पाउने सुविधा तथा विशाखापटनम पोर्टबाट साप्ताहिक ७–८ वटा ¥याक आउने गरेकोमा बढाई १०–१२ ¥याक ल्याउनु व्यवस्था हुनुपर्ने, रेल्वे ¥याकमा लाग्दै आएको ईसिटिएस शुल्क हटाउनुपर्ने गुप्ताले सुझाव दिए ।

आईसीपी भारतका प्रबन्धक ज्ञानेन्द्र सिंह, भारतीय रक्सौल भन्सार प्रमुख पिंकी कुमारी, सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टिन भ्याली डाइपोर्टका विकासकुमारलगायतलेसङ्घको सुझावलाई सकारात्मक लिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, मकवानपुर उवासङ्घका अध्यक्ष र जनकपुर उवासङ्घका अध्यक्ष, उद्योगी व्यवसायीहरुले आ–आफ्नो धारणा राख्नु भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सङ्घका का.स.स. सुरेश रुँगटाको साथै उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button