
नेपालमा विगत २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी कुल ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । यसैगरी उक्त अवधिमा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।