खेल संसार
आईपीएल : खेलाडीहरु तीन दिन क्वारेन्टिन बस्नुपर्ने

इन्डियन प्रिमियर लिग आईपीएलमा खेलाडीहरूका लागि तीन दिन क्वारेन्टिन बस्नुपर्ने छ .



त्यसपछि मात्र उनीहरू आईपीएल बबलमा प्रवेश गर्न सक्नेछन्।



क्वारेन्टिनपछि खेलाडीको कोरोना परीक्षण हुनेछ। आईपीएल गभर्निङ काउन्सिलले यो निर्णय गरेको हो ।



तीन दिनको क्वारेन्टाइनमा खेलाडीको होटलको कोठामा नै दैनिक कोरोना परीक्षण हुनेछ। क्वारेन्टिनपछि पनि आगामी तीन दिनसम्म खेलाडीको कोरोना परीक्षण जारी रहने छ ।
यद्यपि, यो नियम बबलबाट आईपीएलमा प्रवेश गर्ने खेलाडीहरूमा लागू हुने छैन।
जसमा भारत श्रीलंका, पाकिस्तान अस्ट्रेलिया, वेस्ट इन्डिज इंग्ल्याण्ड र दक्षिण अफ्रिका बंगलादेश सिरिजका खेलाडीहरू समावेश छन्।
आईपीएलको तयारीका लागि सबै १० टोलीले आफ्नो क्याम्प सुरु गर्ने भएका छन्। क्वारेन्टिनको समान नियम क्याम्पमा पनि लागू हुनेछ।