अन्तराष्ट्रिय

आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

कुराकानीका क्रममा पुटिनले युक्रेनलाई असैनिकृत र तटस्थ बनाइदिने आफ्नो उद्देश्य प्राप्त हुने दाबी गरेका हुन्।

युक्रेनले वार्ताका लागि ढिलाई गर्दा रुसका माग बढ्दै जाने चेतावनीसमेत पुटिनले दिएका छन्। टेलिफोनमा भएको कुराकानीमा पुटिनले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ। युक्रेनले गरेको वार्ताको ढिलाइले रुसका मागहरू बढ्दै जाने पुटिनले बताएका हुन्।

साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।

सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए। रुसले युक्रेनका केही महत्वपूर्ण सहर कब्जामा लिइसकेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button