देशमुख्य खबर

१८ वर्ष माथिका ९१ प्रतिशतले लगाए खोप, संक्रमण घटेपछि खाली हुँदै अस्पतालका बेड

१८ वर्षभन्दा माथिकाले ९१।८ प्रतिशतले एक मात्राको खोप र ७९४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी १२ वर्षमाथिका ९० प्रतिशतले एक मात्राको खोप र ४९ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।कुल जनसंख्याको ७४।१ प्रतिशतले एक मात्राको खोप र ६०।५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

अतिरिक्तमात्रा ११ लाख ९९ हजार ५०८ जनाले लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।कोरोना संक्रमण घट्न थालेपछि अस्पतालमा बेडहरू खाली हुन थालेका छन् । कोरोना संक्रमित बिरामी भर्ना हुने दर पनि निकै घटेको अस्पतालहरुको अवस्थाले देखाउँछन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले हाल अस्पतालमा ३ जना मात्र कोरोना संक्रमित उपचार गराइरहेको बताए । उनले उपचाररत बिरामीहरु गम्भीर अवस्थाका नभएको बताए ।

वीर अस्पतालका उपनिर्देशक डा प्रज्ज्वल श्रेष्ठले हाल ७ जना बिरामी उपचाररत रहेको बताए ।उनले भने–‘माघतिर १८० सम्म बिरामी भर्ना भएकोमा अहिले ७ जना मात्र उपचाररत छन् । उपचारमा कोही डायलाइसिस र केही मिर्गौलाको समस्या भएका बिरामी उपचाररत छन् ।कोरोना घटेपछि बिरामी पनि भर्ना भएका छैनन् ।’

हाल देशभरि सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ । बिहिबार कुल ४ हजार ९२४ पीसीआर र एन्टिजेन परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको छ । तेस्रो लहरको उच्च विन्दुमा संक्रमण दर ४५ सम्म पुगेकोमा हाल कुल संक्रमण दर २।१३ रहेको छ । संक्रमण दरले पनि संक्रमण घटेको देखाउँछ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनले संक्रमण सिद्धिएको नै भन्न नमिले पनि यसले अब एकदम अप्ठ्यारो स्थिति भने नआउने बताए ।उनका अनुसार धेरै जना संक्रमित भइसकेको अवस्था र खोप पनि लगाएकाले दोस्रो लहरजस्तै स्वास्थ्य प्रणाली नै हायलकायल पार्न सक्ने स्थिति भने आउँदैन ।

डा पुन भन्छन्–‘ कोरोनाले स्वरूप परिवर्तन गरिराख्छ । संक्रमण भए पनि शरीरले एक प्रकारको प्रतिकार गर्छ । कोरोनाले स्वरूप परिवर्तन गर्ला तर जटिल अवस्थामा जाने सम्भावना कम गर्छ ।’ उनले कोरोना घटे पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिराख्न आग्रह गरेका छन् ।

भन्छन्–‘ कतिपय देशले मास्क नलगाए पनि हुने भनेर भनिसके । मास्क लगाउने, हात धुने कार्यले श्वाप्रश्वासका रोग तथा संक्रमण जन्य अरु रोगबाट पनि बचाउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले अझै पनि धेरै जना खोपको दायरामा नआएकोले सबैजनाले खोप लगाउनुपर्ने बताउँछिन् । डा‍ मिश्रा भन्छिन्–‘कोभिड खोप नलगाएका व्यक्तिले कुन खोप आफ्नो वडा कार्यालयमा जानकारी लिई नजिकका स्वास्थ्य संस्थामा गएर लगाउनुस् ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button