No Image Headlineअर्थ

धितोपत्र बोर्ड र नेप्से नेतृत्त्वलाई अर्थमन्त्रीकाे निर्देशन–लगानीकर्ताको गुनासो सुन्न नपरोस्

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नयाँ नेतृत्त्वलाई  कसैको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

पुँजी बजारको वर्तमान अवस्था सम्बन्धमा मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको नयाँ नेतृत्वसँग गरेको छलफल गर्दै  गुनासो सुन्नुपर्ने अवस्था नआउनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शमाले पुँजी बजारमा धेरै समस्या रहेको  भन्दै त्यसको समस्या समाधान गरेर अगाडि बढ्न निर्देशन दिए ।

“नेपालको पूर्वाधार विकासमा ठूलो लगानीको आवश्यकता छ । आवश्यक लगानी जुटाउने औजार के हो त्यसलाई ल्याउनुस्,” अर्थमन्त्री शर्माले भने, “कुनै पनि प्रभावमा नपरी काम काम गर्नुस्, मन्त्री र मन्त्रालयले यसो गर्याे भन्ने सुन्न चाहन्न । सुधार गरेर जवाफ दिनुस् । लगानीकर्ताको संरक्षण हुनेगरी काम गर्नुस् ।”

उनले भित्री कारोबार, सर्कुलर ट्रेडिङ, पम्पिङ डम्पिङ हुने गरेको गुनासो आउने गरेकोभन्दै अब त्यो मान्य नहुने उनले बताए ।  अर्थमन्त्री शर्माले धितोपत्र बजार धेरै विस्तार भइसकेको भन्दै आवश्यकता अनुसार पूर्वाधार अपग्रेड गरेर जान निर्देशन दिए ।

“बजारमा समस्या धेरै छन्, समस्या समाधान गर्ने योजन बनाउनुस् । टाइम फ्रेमसहितको योजना बनाएर हामलीाई जानकारी दिनुस्, यति समयमा यो काम गर्छौं भनेर अगाडि बढ्नुस्,” उनले भने, “तपाईंहरूलाई यताउता गर्ने छुट छैन । प्रभावित भएर यताउता ढल्किँदा विगतको नेतृत्त्व हटेको ख्याल गर्नुस् ।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button