खबर फटाफटदेश

ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा

ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी मन्त्रिपरिषद्‌को १६ फागुनमा बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

सूचना भनिएको छ, ‘ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‌बाट मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको प्रमुख चाड हो। शेर्पा समुदायले नेपाल लगायत सिक्किम र दार्जीलिङमा ग्याल्पो ल्होसार मनाउने गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button