पल शाह खोज्दै प्रहरी

अभिनेता पल शाहको खोजी प्रहरीले थप तीव्र बनाएको छ ।



तर, उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । गत बुधबार तनहुँमा एक नाबालिग किशोरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै पलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।



बुधबार दिउँसोबाट नै पलको खोजी प्रहरीले सुरु गरेको हो । बुधबार साँझ कीर्तिपुरमा उनी अभिनित फिल्मको प्रिमियरमा उनी जाने कार्यक्रम थियो ।



त्यहाँबाट नै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, प्रहरीमा आफूविरुद्ध उजुरी परेपछि उनी त्यहाँ गएका थिएनन् ।
बिहीबारबाट देशभरका प्रहरीलाई पल शाहलाई पक्राउ गर्न सर्कुलर पनि जारी गरिएको छ । बुधबारबाट पलको खोजी गरेको प्रहरीले उनको घरमा मात्र होइन, उनका साथीहरुको घरसमेत खोजतलास गरेको छ । तर, उनी फेला पर्न सकेका छैनन् ।
पलले आफूले प्रयोग गर्ने मोबाइल पनि अफ गरेका छन् । उनको मोबाइल अन्तिम पटक बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोबाइल अन भएको ट्रेस गरेपछि उनी रहेको हुनसक्ने स्थानको खोजी भन्दै बालकुमारीसमेत पुगेको थियो । तर, त्यहाँ पनि उनी भेटिएनन् ।