अर्थ
अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा
रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् ।
अमेरिकाले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउनेगरी नयाँ नाकाबन्दीको घोषणा गरेको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौं नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।
रुसले केही महिनाको प्रयासपछि बिहीबारबाट युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान गएको छ ।
सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सवर्गलगायत कैयौं मुख्य सहरमा प्रदर्शन नै भएका थिए । ती प्रदर्शनमा परेर १ हजार ७ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।