No Image Headlineदेश

युक्रेनमा असुरक्षित नेपालीको उद्दार पहल, १९३ नेपाली आए सम्पर्कमा

Thrill Factory
Rungta Group

युक्रेनमा रुसले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीले उद्दारको माग गरेका छन् ।

शुक्रबार साँझसम्म १९३ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले १९३ नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिए ।

सम्पर्कमा आएका सबै नेपालीहरू हालसम्म सकुशल रहेको राजदूत खड्काले बताए । दूतावासले एक विज्ञप्ति जारी गर्दै युक्रेनमा उत्पन्न पछिल्लो संकट पछि त्यस मुलुकको विभिन्न सहरमा रहेका नेपाली नागरिकहरूको स्थिति हासिल गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ ।

बिहिबार र शुक्रबार युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुलहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकहरूमा प्रवेशका लागि नाका खुल्ला गरेको दूतावासले जनाएको छ ।

नाका खुल्ला भएकाले समस्यामा परेका नेपालीहरू आफूलाई पायक पर्ने तथा सहज हुने नजिकका मुलुकहरूमा गएर सुरक्षित रहन सक्ने समेत दूतावासले जनाएको छ । यी मुलुकहरू प्रवेश गरी त्यहाँबाट सहज रूपमा नेपाल फर्कन सकिने छ ।

सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।

तीन जना नेपाली युक्रेनबाट पोल्याण्ड प्रवेश गरी सुरक्षित रहेका छन् । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली संघ एनआरएनए वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

सम्पर्कका लागि फोन नम्बर समेत सार्वजनकि गरिएको छ । युक्रेनमा अलपत्र परेका नेपालीले निम्न नम्बरमा फोन सम्पर्क गर्न सकिने पनि दूतावासले जनाएको छ ।

स्लोभाकिया जय प्रसाद शिवाकोटी – ००४२१९४०७८५९४४
हंगेरी स् सुरेन्द्र श्रेष्ठ – ००३६७०५३०८७९३
पोल्याण्ड स् डा। बोधराज सुबेदी – ००४८६०६८५२८३७
जीवनकुमार क्षेत्री – ००४८७२९२१२६७३

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button