अन्तराष्ट्रिय

रुस-युक्रेन युद्ध : ५० लाख युक्रेनीले देश छोड्ने राष्ट्रसंघको अनुमान

संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्।

कम्तिमा एक लाख मानिस रुसी आक्रमणबाट विस्थापित भइसकेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ।
जसमध्ये आधा ४८ घण्टाभित्र प्रभावित भएका हुन्।

पोल्याण्ड, मोलदोभा, रोमानिया, हंगेरी र स्लोभाकियाले आफ्नो सिमामा युक्रेनीहरु आइपुगेको बताएका छन्। बिहीबार यतामात्रै ३५ हजार मानिस पोल्याण्ड पुगेका र सिमामा अझै धेरै लाइनमा बसिरहेका बीबीसीले जनाएको छ।

पोल्याण्डले एक लाखसम्मलाई शरण दिनसक्ने बताएको छ। तर राष्ट्रसंघले यो संख्या बढ्नसक्ने चेतावनी दिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button