देशमुख्य खबर

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, के होला एमसीसी ?

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

एमसीसीको प्रस्ताव पारित गरियोस भनी लैजाने कार्यसूची छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि हिजो पनि यही कार्यसूची राखेर बैठक आह्वान गरिएकोमा दलहरुबीच सहमति नबनेपछि स्थगित भएको थियो ।

बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

एमालेको संसद अवरोध र एमसीसीमा दलहरुबीच आआफ्नै अडानका कारण बैठक प्रभावित हुँदै आएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button