अन्तराष्ट्रिय

विश्वभर कोरोना निको हुनेको दर बढ्दै

विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन्। कोरोनाले अहिलेसम्म विश्वभर ५९ लाख ३५ हजारको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।

२४ घण्टामा मात्रै ९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ। अझै पनि विश्वभर ६ करोड ५५ लाख सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button