No Image Headlineदेशमुख्य खबर

सत्तामा एमसीसी संकट : प्रचण्ड र नेपालललाई गठबन्धनबाट हटाउँदै देउवा

एमसीसी पारित गर्ने विषयमा दोहोरो चरित्र देखाएपछि कांग्रेसले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेको छ ।

सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेपछि कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो ।

यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव नेपालको ढुलमुले राजनीति कायम रहे कांग्रेस एमालेसँग निर्णायक रुपमा सत्ता गठबन्धन गर्ने निष्कर्षमा पुगेको छ ।

मंगलबार बेलूकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ निर्णायक वार्ता भएको थियो । सोही वार्ताले गठबन्धनबाट प्रचण्ड र माधव नेपाललाई निकालेर एमालेका लागि सरकारको ढोका खुला राख्ने सहमति भएको बालुवाटार स्रोत बताउँछ ।

तर बाहिर एमालेले एमसीसी पारित गर्नका लागि सभामुखलाई कारबाही गर्नुपर्ने, माधव नेपालको पार्टीमा गएका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखेको छ ।

तर भित्री रुपमा केन्द्रमा देउवा सरकारलाई सघाउने र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा तीव्र छलफल भइरहेको बताइएको छ ।

केही दिनभित्रै प्रचण्ड र माधव नेपालले गठबन्धन जोगाउने प्रयासस्वरुप देउवासँग एमसीसी पारित गर्ने विषयमा ठोस सहमति नगरे उनीहरुका मन्त्री बर्खास्तीमा पर्नेछन् ।

एमालेले चाहेको खण्डमा तत्काल माओवादी र नेकपा समाजवादीका मन्त्रीलाई बर्खास्त गर्न पनि देउवा तयार देखिएका छन् । तर सत्ता गठबन्धनभित्रै र प्रतिपक्षी एमालेसँग देउवा गहन रुपमा छलफलका साथै लिखित सहमति नै खोजिरहेका छन् ।

खासगरी एमसीसी पारित गर्ने विषयमा जसले पहिले लिखित सहमति दियो, उसैसँग सत्ता सहयात्रा गर्ने देउवा अन्तिम निष्कर्षमा पुगेका छन् ।एमसीसीका विषयमा सत्ता सहयात्री भएर पनि दोहोरो चरित्र देखाएपछि देउवा प्रचण्डसँग क्रुद्ध बनेका छन् ।

एमालेसँग छुट्टिएर फेरि एमालेकै शैली देखाएका माधव नेपालसँग पनि देउवा बिच्किएका छन् । प्रचण्ड र माधव नेपाललाई निकाल्ने तयारी

एमसीसीलाई वर्षौदेखि गिजोलेको, बाहिर राष्ट्रवादको नारा देखाएर अमेरिकासँगको सम्बन्धलाई नै धरापमा पार्ने काम गरेपछि देउवाले प्रचण्ड र माधव नेपाललाई गठबन्धनबाट निकाल्ने तयारी गरेका छन् ।

एमसीसीका विषयमा एमालेसँग गठबन्धन गर्नेबित्तिकै प्रचण्ड र माधव नेपाल स्वतः बाहिरिनेछन् । अहिले प्रचण्ड र माधव नेपालको ठाउँमा ओली आउनेछन् ।

त्यसरी आगामी चुनावसम्म पनि कांग्रेस र एमाले मिलेर देशभर पकड जमाउने र माओवादीलाई इतिहासकै गम्भीर अस्तित्व संकटमा पार्ने रणनीति छ । अहिले पनि माओवादीको अवस्था देशैभर नाजुक छ ।

माओवादी संगठन अस्तव्यस्त छ । नेता कार्यकर्ताहरु कांग्रेस र एमालेतिर लागेका छन् । प्रचण्ड आफुबाहेक अरुलाई शक्ति दिनै नचाहने प्रवृत्तिले माओवादी आगामी चुनावबाट पत्तासाफ हुने अवस्थामा पुगेको छ ।

बिहीबार वा शुक्रबारसम्म प्रचण्डले भनेजस्तै सत्ता गठबन्धन नटुटाउन एमसीसी पारित गर्ने विषयमा शतप्रतिशत सहमति नगरे नेपाली राजनीतिमा माओवादी थप किनारामा पुग्नेछ । जसको सिधा असर प्रचण्ड र माधव नेपाललाई पर्नेछ भने एमालेलाई सरकारमा जाने ढोका खुल्नेछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button