राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट बिहीवार, कतिले पाउलान् त ?
राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीवार बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको तयारी भएको हो । फागुन ४ गतेदेखि ८ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ ।
अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर खरिद मागभएको हो । यो तथ्यांक भने अन्तिम बाँडफाँटमा फरक पर्ने जानकारी विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कम्पनीको आईपीओ ७९ हजार ४५० जना आवेदकले मात्र १० कित्ताका दरले पाउनेछन् ।