अन्तराष्ट्रिय

लालु यादवलाई चारा घोटला कान्डमा ५ वर्ष जेल सजाय

भारतको विहार राज्यका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ ।

विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरीवानासमेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो ।

त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button