अन्तराष्ट्रिय
सोमालियामा आत्मघाती विस्फोट, १० को मृत्यु

सोमालियामा भएको आत्मघाती विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेवारी जिहादीहरूको समूह ‘अल शबाब’ ले लिएको प्रहरीले जनाएको छ ।
घटनामा परी मृत्यु भएकामध्ये केही सरकारी अधिकारीसमेत छन् । घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन् ।
एक प्रत्यक्षदर्शीले भने, ‘यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइनँ, अति अमानवीय घटना ।’
घटनास्थल राजधानी मोगादिसुदेखि ३४० किलोमिटर टाढा पर्छ । घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् । घटनाको विभिन्न क्षेत्रबाट भर्त्सना र आलोचना भएको छ ।



