खेल संसार

आईपीएलका खेलहरु ६ मैदानमा खेलाउने तयारी

इन्डियन प्रिमियर लिग आईपीएलको २०२२ को संस्करणका खेलहरु ६ वटा मैदानमा खेलाउने तयारी गरिएको छ।

स्पोर्टस्टारले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार लिग चरणका ७० खेलको लागि महाराष्ट्रका ५ मैदानलाई सर्टलिस्ट गरेको छ। यीमध्ये ४ वटा मैदान मुम्बईका हुनेछन्।

एउटा मैदान पुणेको वा अहमदाबादको हुनेछ। त्यसपछिका प्लेअफ र फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गराउने तयारी गरिएको छ।

कोरोना संक्रमणको जोखिम अझै रहेकोले लगातार फरक-फरक सहरमा प्रतियोगिता गर्न लागिएको हो। समाचारमा जनाइएअनुसार यसबारे १० वटै फ्रेन्चाइजसँग गत हप्ता भएको अक्सनको क्रममा अनौपचारिक रुपमा छलफलसमेत भएको छ।

बीसीसीआईले पछिल्लो पटक महाराष्ट्रमा ४ वटा मैदान मात्र तय गरेको थियो। तर, पिच तयार गर्न लाग्ने समयलाई मध्यनजर गर्दै नवी मुम्बईमा रहेको रिलायन्स जियो स्टेडियम पनि थप गरिएको छ।

अब बीसीसीआईले दक्षिण मुम्बईका वानखेडे स्टेडियम र ब्राबोर्न स्टेडियम, नवी मुम्बइका डा डीवाई पाटिल स्पोर्टस स्टेडियम र रिलायन्स जियो स्टेडियम तथा पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा खेल आयोजना गर्नेछ।

नयाँ थपिएको रिलायन्स जियो स्टेडियम रिलायन्स कर्पोरेट पार्कले बनाएको हो।अहिलेसम्म मुम्बई इण्डियन्सको प्रशिक्षण केन्द्र रहिआएको थियो। यद्यपि, यो स्टेडियममा खेल सञ्चालन गर्नको लागि सबै आधुनिक सुविधा रहेकोले आईपीएलको आयोजक समूहले अर्को हप्ता प्रसारणको परीक्षण गर्न सक्नेछन्।

प्रसारण टिमले दिएको सुझावका आधारमा बीसीसीआईले फेब्रुअरी महिनाको अन्त्यतिर विस्तृत तालिका जारी गर्न सक्ने बताइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button