अर्थ

शिवरात्रीदेखि जनकपुर-पोखरा हवाई उडान शुरु गर्दै बुद्ध एयर

Thrill Factory
Rungta Group

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान शुरु हुने भएको छ ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।

बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधवारदेखि शुरु गरिएको जानकारी दिए ।

शुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान गर्ने योजना रहेको उनले बताए । अहिले प्रत्येक हप्ताको सोमवार, बिहीवार र शनिवार पोखराका लागि उडान हुने तयारी गरिएको उनले बताए।

जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् ।

यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । केही महीना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाई उडान सेवा शुरु गर्ने लिखित सहमति गरेका थिए ।

बुद्धले सोही दिनदेखि पोखरा-धनगढी पनि हवाइ सेवा शुरु गर्ने बताइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button