No Image Headlineदेशमुख्य खबर

एमसीसीमा सहमति जुटाउने सरकारी प्रयास कायमै, भोलिको संसद बैठकमा के होला ?

सरकार एमसीसी संसदमा टेबल गर्न अन्तिम कसरतमा जुटेको छ । शुक्रबार बस्ने बैठकमा एमसीसी टेलब गर्ने सरकारको तयारी छ ।

सत्ता गठनबन्धनबीच सहमति जुटाउन सरकार लागेको हो । आज र भोलि यसमा सहमतिको अन्तिम कसरत गरिने सरकारले बताएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसदमा एमसीसी टेबुल गरिने बताएका छन् ।

त्यसका लागि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए । गठबन्धनका दल एकीकृत मओवादी र एकीकृत समाजवादीले संशोधन नगरी पास गर्न नहुने भन्दै विरोध गरिरहेका छन् । जस्ताको त्यस्तै दर्ता भए गठबन्धन टुट्ने सम्मका चेतावनी दिएपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन् ।

देउवा कुनै पनि शर्तमा सत्ता गठबन्धन टुटाउने पक्षमा छैनन् । उनले सत्ता गठबन्धनबीच सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन ।

मन्त्री बडुले एमसीसीबारे गठबन्धनकै दलहरूबीच सल्लाह र सहमति आवश्यक देखिएका कारण हिजोको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गरे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजोको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति बनेको थियो ।

गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभइकन प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । सत्ता नेतृत्व दल कांग्रेस हिजै संसदबाट पारित गर्ने पक्षमा थियो ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले पनि एमसीसी पारित गर्ने समयसीमा दिएको थियो । यता मुख्य विपक्षी एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमसीसीमा अमेरिकाको दबाब, यसलाई संसदमा टेवल गर्ने नगर्नेमा सत्तारुढ दलहरुबीचको असझदारी र एमालेको संसद अवरोधका कारण यो विषय पेचिलो बन्दै गएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button