No Image Headlineअर्थ

अपर तामाकोसी ३३ करोड नोक्सानीमा, यस कारण बढ्यो घाटा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनी रू ३ करोड १५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष विद्युत् विक्री आम्दानी भएपनि कम्पनीको वित्तीय खर्च उल्लेख्य रुपमा बढेकाले खुद नोक्सानी रकममा वृद्धि भएको हो ।

कम्पनीले निर्माण गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन शुरु भई भदौ २५ गतेदेखि आयोजनामा जडित ६ ओटै युनिटबाट विद्युत् विक्री भइरहेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले रू ३ अर्ब ६४ करोड ६५ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको छ । गत वर्ष रू १ करोड १२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू २ अर्ब २० करोड ३ लाखभन्दा बढी यो खर्च गरेको हो ।

जसले गर्दा कम्पनीको खुद नोक्सानी रकम ९४६ दशमलव ९० प्रतिशतले बढेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। १० अर्ब ५९ करोड रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निग भने रू १ अर्ब ३९ करोडभन्दा बढी ऋणात्मक छ । कम्पनीको दिर्घकालिन कर्जा गत वर्षभन्दा २ दशमलव २९ प्रतिशत बढी रू ४१ अर्ब रहेको छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ४५ दशमलव ४५ प्रतिशत बढी रू ४ अर्ब रहेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रू  ८६ दशमलव ८६ छ । आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button