No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : २२ लाख थपिए, २३ लाख निको

विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख ७३ हजार जना कोरोना संक्र्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४० करोड ८६ लाख पुगेको छ ।

थपिनेमा जर्मनीमा २ लाख २९ हजार, रुसमा २ लाख ३ हजार, ब्राजिलमा एक लाख ६६ हजार, फ्रान्समा एक लाख ३१ हजार, अमेरिकामा एक लाख १० हजार, टर्कीमा ९५ हजार र बेलायतमा ५८ हजार थपिएका छन् ।

पछिल्लो एक दिनमा २३ लाख ६८ हजार जना संक्रमणमुक्त भएका छन् भने १० हजार ३७० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३७७, ब्राजिलमा एक हजार १२१, रुसमा ७२२, फ्रान्समा ३२९, टर्कीमा २५३, जर्मनीमा २१५ र बेलायतमा १९३ जना छन् ।

निको हुनेमा सबैभन्दा धेरै फ्रान्समा ३ लाख ८९ हजार, बेलायतमा एक लाख ६१ हजार, ब्राजिलमा एक लाख २१ हजार, रुसमा एक लाख १२ हजार, जर्मनीमा एक लाख १० हजार र टर्कीमा ८५ हजार छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button