देशमुख्य खबर

१ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा थप १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी कुल १ हजार ३६९ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, सोही अवधिमा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।

यसैगरी, बिहीवार २ हजार २३८ जना निको भएसँगै हालसम्म ९ लाख ३० हजार ६०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button