
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले बुधबार बेलुकासम्म विवरण बुझाउन भनेको छ ।



यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए ।



तर ६ वटा जिल्ला तथा १ सय ९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले पुनः सूचना जारी गरेको हो ।



खोपको मात्राको विवरण नपठाएका निकायलाई बुधबार कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ ।
खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।