कला/साहित्य

फेरि आउने भयो चपली हाइट

Thrill Factory
Rungta Group

देशमा अचानक कोराना संक्रमण बढेका कारण सरकारले हल बन्द गरेपछि प्रदर्शन स्थगित भएको फिल्म चपली हाइट ३ अब फेरि हलमा आउने भएको छ ।

सरकारले आगामी फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न दिने भएपछि चपली हाइट ३ ले पुनः रिलिजको अवसर पाएको हो। फिल्मका निर्माता अर्जुनकुमारले मंगलबार  फिल्म फागुन १ गतेदेखि पुन रिलिजमा आउने जानकारी गराएका छन्।

क्राइम थ्रिलरमा बनेको चपली हाइट–३ बारम्बार रिलिज डेट सर्दै गत पुस ३० गतेदेखि रिलिजमा आएको थियो भने कोभिड संक्रमणमा वृद्धि भएका कारण माघ ३ गतेदेखि हल बन्द भएकाले रिलिज रोकिएको थियो।

निकेश खड्काद्वारा निर्देशित यस फिल्ममा आमिर गौतम, महेश त्रिपाठी, स्वस्तिमा खड्का, सुपुष्पा भट्टलगायतले अभिनय गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button