कला/साहित्य

रहेनन् ‘महाभारत का’ भीम

पौराणिक टेलिश्रृखंला ‘महाभारत’ का भीम अर्थात प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण प्रवीणको सोमवार राति उनकाे निधन भएकाे हो।

प्रवीणले सन् १९८१ मा फिल्म ‘रक्षा’ बाट अभिनयमा डेब्यु गरेका थिए। तर, ‘महाभारत’ मा भीमको भूमिका निभाएपछि उनलाई पहिचान मिलेको हो।

उनले टेलीसिरियलका साथै ५० भन्दा बढी बलिउड फिल्ममा समेत काम गरिसकेका छन्। उनी खासगरि फिल्ममा भिलेनको भूमिकामा देखिन्थे।

प्रवीण कलाकारका साथैखेलाडी पनि हुन्। प्रवीणले एसियाली खेलमा २ स्वर्ण, १ रजत र १ कास्य जितेका थिए। साथै उनले १९६८ को ओलम्पिक खेलमा समेत भारतको प्रतिनिधित्व गरेका थिए।

उनी अन्तिम पटक २०१३ मा रिलिज भएको ‘महाभारत और बारबारीक’ मा देखिएका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button