No Image Headlineअर्थ

अब ३ अर्बभन्दा बढीको ठेक्कामा मात्रै विदेशी ठेकेदार

Thrill Factory
Rungta Group

अब ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्कामा मात्रै विदेशी कम्पनी सहभागी हुन पाउने भएका छन् ।

एक अर्ब रुपैयाँसम्मको ठेक्का लिँदै आएका स्थानीय निर्माण व्यवसायीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दायरा बढाएर तीन अर्ब पुर्‍याएको छ ।

नेपाली निर्माण व्यवसायीले ३ अर्ब रुपैयाँसम्मको ठेक्का लिन पाउने व्यवस्था नियमावलीमा राख्न प्रस्ताव भएको पनि बताइएको छ ।

पहिला एक अर्ब रुपैयाँसम्मका ठेक्कामा मात्र नेपाली निर्माण व्यवसायी मात्र सहभागी हुन पाउँथे । यसअघि एक अर्ब रुपैयाँभन्दा माथिको ठेक्कामा मात्र विदेशी निर्माण कम्पनी आउन पाउँथे ।

अहिले त्यसको सिलिङ बढाएर ३ अर्ब रुपैयाँ बनाइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । विदेशी निर्माण व्यवसायी उक्त रकम बराबरको ठेक्कामा सहभागी हुन पाउने छैनन् ।

यसैबीच एउटै निर्माण कम्पनीले धेरै ठेक्का लिएर अलपत्र पार्ने प्रवृत्ति बढेपछि अब एउटा निर्माण व्यवयासीलाई ५ ओटाभन्दा बढी ठेक्का नदिने व्यवस्था गर्न लागिएको छ ।

सार्वजनिक खरिद नियमावली संशोधनमार्फत यस्तो प्रावधान राख्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अब सार्वजनिक खरिद अनुगमन कार्यालयमै ठेक्काको लगत राखिने छ । त्यो लगतमा झूटा विवरण भरे सिधै कालोसूचीमा राख्ने विषय संशोधित नियमावलीमा समेटिएको छ ।

म्याद थप्न मिल्ने भए थप्ने नत्र कसरी हुन्छ ३० दिनभित्र यसलाई टुंग्याइसक्नुपर्ने विषय पनि नियमावलीमा राखिएको जनाइएको छ ।मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र राजपत्रमा प्रकाशन हुनेछ ।

संशोधित नियमावलीको ड्राफ्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पहिल्यै पठाएको र यसमा आवश्यक छलफल भएपछि मात्र मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पुग्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले बताएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button