नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम ५अर्ब २ करोड

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो ।


यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ ।
नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ ।
त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूहिक लगानी कोष ०.०५ र लगानी २.९२ अङ्कले उकालो लागेको छ ।