खेल संसार

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

Thrill Factory
Rungta Group

सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।

आइतबार राति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पछि पार्दै सेनेगलले उपाधिमा कब्जा जमाएको हो।

आइतबार भएको फाइनल खेलको निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए। निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।

पेनाल्टी सुटआउटमा सेनेगलले इजिप्टलाई ४–२ ले हराएको हो। यसअघि दुईपटक फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको सेनेगलले यसपटक भने अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो।

सेनेगल यसअघि सन् २००२ र २०१९ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो। इजिप्टले भने आठौंपटक उपाधि जित्ने महत्वपूर्ण अवसर गुमाएको हो। यो उपाधि इजिप्टका मोहम्मद सलाहको लागि पहिलो अफ्रिका कप अफ नेसन्सको उपाधि हुने थियो।

यसअघिका नकआउट चरणमा इजिप्टले पेनाल्टी सुटआउटबाटै नतिजा आफ्नो पक्षमा पारेको भए पनि फाइनलमा भने नतिजा सेनेगलको पक्षमा गयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button