No Image Headlineकला/साहित्य

लता मंगेशकर : जीवनकालका १० रोचक प्रसंग

Thrill Factory
Rungta Group

‘स्वर कोकिला’को उपमा पाएकी भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । ‘नाइटिङगेल अफ बलिउड’समेत उपमा पाएकी गायिकाको आइतबार ९२ वर्षको उमेरमा निधन भएको हो ।

कोभिड–१९ संक्रमणपश्चात् जनवरीदेखि अस्पतालमा उपचार्थ उनको स्थानीय समयानुसार आइतबार बिहान ८ बजेर १२ मिनेटमा निधन भएको हो । उनको पोस्ट कोभिड जटिलताका कारण निधन भएको अस्पतालले जनाएको छ ।

करिब ३० हजार भन्दा बढी गीतमा आवाज भरिसकेकी उनका नेपाली गीत पनि उत्तिकै लोकप्रिय छन् ।

आज हामी मंगेशकरको पहिलो असफलता, उनको वास्तविक नाम अनि विष सेवनसम्मका किस्साबारे जानकारी गराउँदैछौँ ।जुन आमनागरिकलाई थाहा नहुन सक्छ ।

वास्तविक नाम 
सन् १९२९ सेप्टेम्बर २८ मा जन्मिएकी लताको वास्तविक नाम हेमा हो । पछि उनको बुबाको नाटक ‘भाउँ बन्धन’की प्रसिद्ध पात्र लतिकाबाट लता राखिएको हो । उनका मिना, आशा भोष्ले, उषा र हृयनाथ गरी चार दाजुभाइ र दिदीबहिनी छन् ।

आवाजकै कारण ‘रिजेक्सन’ 
लता मंगेशकरले पाँच वर्षको उमेरमा गाउन सुरु गरेकी थिइन् । त्यसपछि उनले त्यस समयका स्थापित र प्रसिद्ध गायक अमान अली खान साहिब र अमानत खानसँग संगीतको ललित कलाको अध्ययन गरिन् । पाश्र्व गायिकाको रूपमा फिल्म उद्योगमा प्रवेश गरेकी उनले आवाजका कारण ‘रिजेक्सन’ पाइन् ।

नूर जहाँ र शमशाद बेगम जस्ता भारी आवाजका धनी त्यो युगका सुप्रसिद्ध गायकहरूले राज गरिरहेका थिए । जहाँ लताको पातलो आवाजका कारण ‘रिजेक्सन’ पाउनुपर्‍यो ।

मंगेशकरको अभिनय यात्रा
दिग्गज गायिका मंगेशकरले करिब ८ वटा भन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । सन् १९४२ मा बुबाको निधनपछि परिवारको पालन पोषणका लागि उनले सन् १९४२–१९४८ सम्म चलचित्रमा अभिनय गरेकी थिइन् ।

जब लता मंगेशकरका कारण नेहरूको आँखा रसायो
लताको देशभक्तिपूर्ण गीत ‘ए मेरे वतन के लोगों’ ले प्रधानमन्त्री जवाहरलाल नेहरूको आँखा रसाएको थियो । जनवरी २७, १९६३ मा नयाँ दिल्लीको रामलीला मैदानमा नेहरूले यो गीत सुनेर आँसु झारेका थिए । यो गीत सन् १९६२ को युद्धमा ज्यान गुमाएका सैनिकहरूलाई समर्पित गरिएको थियो ।

राजनीतिमा मंगेशकरको हात 
उनी सन् १९९९ मा राज्यसभाको सदस्यको रूपमा पनि मनोनीत भएकी थिइन् । उनको कार्यकाल सन् २००६ मा समाप्त भयो ।यद्यपि उनी आफ्नो कार्यकालमा संसद्मा उपस्थित नभएको भन्दै आलोचना भएको थियो । त्यसपछि उनले संसद्मा अनुपस्थित हुनुको कारण आफ्नो स्वास्थ्य खराब भएको बताएकी थिइन् । लताले सांसद भएर आफ्नो सेवाका लागि दिल्लीमा एक पैसा वा तलब वा घर पनि केही पनि लिएकी थिइनन् ।

लताको मनपर्ने परिकार 
भनिन्छ, लता मंगेशकरले आफ्नो मिठो स्वर कायम राख्न धेरै हरियो खुर्सानी खाने गर्थिन् । उनी आफ्नो गायनमा मद्दत गर्ने गम पनि चपाउने गर्थिन् । जहाँसम्म उनको भोजनको सवाल छ, उनी समुद्री खाना धेरै रुचाउथिन् र नियमित रूपमा सब्जीको साथ दाल–भात वा फुलका खान्थिन् । उनलाई गाजरको हलुवा र पानीपुरी पनि मन पर्थ्यो । उनलाई सबै किसिमका खाना मन पर्थ्यो र कोल्हापुरी मटन र सब्जी पनि पकाउन मन पराउँथिन् ।

लता मंगेशकरको मनपर्ने सहकलाकार
सन् २०१५ मा दिएको एक अन्तर्वार्तामा, लताले उनलाई मनपर्ने सह–गायक किशोर कुमार भएको खुलासा गरेकी थिइन् ।

लता मंगेशकरको विवाद
उनी चर्चित संगीतकार भूपेन हजारिकासँग रोमान्टिक सम्बन्धमा रहेको कथित छ । जी न्युजलाई दिएको एक बयानमा, स्वर्गीय संगीतकार हजारिकाकी पत्नी कल्पना लाज्मीले दुईजनाले सँगै रात बिताउने गरेको बताएकी थिइन् । उनका पतिले स्पष्ट रूपमा उनलाई भनेका थिए कि यदि कुनै संगीतकार आउन चाहन्छ भने, उसले लता मंगेशकरलाई गीत गाउन दिनुपर्छ ।

सञ्चारमाध्यममा आएका रिपोर्टकाअनुसार लताको स्वर्गीय राजसिंह डुंगापुरसँगको कथित एक दशक लामो प्रेम सम्बन्ध थियो । राजसिंह राजपरिवारको छोरा थिए र उसले स्पष्ट रूपमा आफ्ना आमाबाबुलाई घरमा साधारण बुहारी नल्याउे वाचा दिएका थिए । भनिन्छ, लता र राजसिंहको मुम्बईमा वाल्केश्जर हाउसमा लताको भाइ र राजसिंह क्रिकेट खेल्दाताका भएको थियो । उनीहरू विभिन्न पृष्ठभूमिबाट आएका हुन् ।

यद्यपि दुवै अविवाहित रहे, यो आफैँमा उनीहरूको अनन्त प्रेमको प्रमाण थियो ।

जब लता मंगेशकरलाई विष दिइयो
लतालाई सन् १९६३ मा विष खुवाइएको थियो । जसका कारण बान्ता हुने, शरीरमा गहिरो दुखाइ लगायत असरका कारण उनी तीन दिनसम्म ओछ्यानमा सुतेर गम्भीर बिरामी परेको बताइएको छ । तर, उनी चमत्कारी रूपमा बाँचिन् । डाक्टरहरूले उनलाई स्लो पोइजन दिएको दाबी गरेका थिए । नोभेम्बर २०१९ मा, लता मंगेशकर भाइरल छाती दुखाइका कारण अस्पतालमा भर्ना गरिएको थियो । भारत रत्न पुरस्कार विजेता पछि संक्रमणबाट निको भइन् ।

लता मंगेशकरको मनपर्ने खेल
उनको मनपर्ने खेल क्रिकेट हो । क्रिकेट हेर्नकै लागि उनले लर्डस  स्टेडियमको ग्यालरी स्थायी रूपमै बुक गरेकी थिइन् । त्यही बसेर उनी आफ्नो मनपर्ने खेल हेर्ने गर्थिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button