No Image Headlineदेशमुख्य खबर
उपत्यकामा जोर बिजोर प्रणाली हट्यो, भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय
काठमाडौ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।
आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गए राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए ।
साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।