
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । तीमध्ये वीरगञ्जमा ३ र बाराका एक जना परेका छन् ।



विभागले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी र पर्सा जिला बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो ।



विभागले अभि ट्रेडर्स कलैया–७ बाराको गत मंसिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना ७ ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।



त्यस्तै धादिङ जिल्ला, गजुरी–४ का सन्तोषी नेपाली, मकवानपुर जिल्ला, मनहरी–६ का विशाल राई, सिन्धुली जिल्ला, भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्लेविरुद्ध पनि मुद्दा दायर भएको छ ।
विभागले आरोपी सातै जनाविरुद्ध ५८ लाख ७९ हजार ७४६ रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।