देशमुख्य खबर

१ हजार ७१४ कोरोना संक्रमित थपिँदा ४ हजार ७७१ जना संक्रमणमुक्त, सक्रिय संक्रमित कति ?

Thrill Factory
Rungta Group

नेपालमा विगत २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त अवधिमा ४ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार मुलुकभरका विभिन्न अस्पतालमा ८ हजार ५१३ ओटा नमूना परीक्षण गरिएको थियो ।

५ हजार २२५ नमूनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी जम्मा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मन्त्रालयका अनुसार अहिले मुलुकभर ५२ हजार ७८० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । उक्त अवधिमा थपिएसँगै मुलुकमा कोरोना संक्रमितको जम्मा संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ ।

यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ भने हालसम्म ९ लाख ६३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये २५१ जना आईसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button