खेल संसार

यू–१९ विश्वकपमा अष्ट्रेलिया तेस्रो स्थानमा

अफगानिस्तानलाई २ विकेटले पराजित गर्दै अष्ट्रेलिया आईसीसी यू १९ विश्कप क्रिकेटमा तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

आज विहान सकिएको खेलमा अफगानिस्तानले दिएको २०२ रनको लक्ष्य अष्ट्रेलियाले ८ विकेट गुमाएर ५ बल बाँकी छदा पुरा गरेको थियो ।

अष्ट्रेलियालाई जित दिलाउनका लागि निवेथन राधाकृष्णनले सर्वाधिक ६६ रनको पारि खेल्दा क्याम्पबेल केलावेले ५१ रनको पारि खेलेका थिए । अफगानिस्तानका नांगेलिया खरोटेले सर्वाधिक ३ विकेट लिँदा सहिदुल्लाह हसन र नुर अहमदले समान २–२ विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९।२ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो । अफगानिस्तानका लागि एजाज अहमदले ८१ रन बनाउँदा कप्तान सुलेमान सफीले ३७ रन बनाएका थिए । यस्तै मोहम्मद इशाकले ३४ रनको योगदान गरे ।

अष्ट्रेलियाका लागि निवेथन राधाकृष्णन र विलियम साल्जमानले समान ३–३ विकेट लिएका थिए । सेमिफाइनलमा अष्ट्रेलिया भारत र अफगानिस्तान इंग्ल्याण्डसँग पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । फाइनलमा आज भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button