अर्थ
श्री गणेश सहकारीको साधारणसभा सम्पन्न, १०.८७ प्रतिशत लाभांश पारीत
![](https://samatadainik.com/wp-content/uploads/2022/02/Ganesh-Bachat-780x470.jpeg)
वीरगञ्ज स्थित श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/minolta2.jpg)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_patanjali_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/minolta1.jpg)
साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० दशमलव ८७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको सहकारीका अध्यक्ष अशोकुमार टेमानीले जानकारी दिए ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/qfx-brj-new.png)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resize_thrill_factory_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_ocb_rungta.gif)
सहकारीले गत आर्थिक वर्षमा ५५ लाख ३८ हजार ६९९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाबाट २५ प्रतिशत रकम जगेडा कोषका लागि छुट्याएको छ ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/qfx1.jpg)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_nimbus_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_jepl_ad.gif)
बाँकी ४१ लाख ५४ हजार रुपैयाँबाट २५ प्रतिशत संरक्षित पूँजी फिर्ता कोष र शून्य दशमलव ५ प्रतिशत सहकारी प्रवर्द्धन कोषमा छुट्याएको टेमानीले साधारणसभामा जानकारी दिए । सबै प्रस्तावहरू साधारणसभाबाट पारीत भएको पनि उनले बताए ।
गत आर्थिक वर्ष सम्ममा शेयर सदस्यबाट १८ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको सो सहकारीले १३ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।