देशमुख्य खबर

घट्दै कोरोना संक्रमण : २५ सय संक्रमित हुँदा साढे ८ हजारले संक्रमण जिते

नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९२ दशमलब ९ रहेको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ मा संक्रमण देखिएको हो ।

४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button