No Image Headlineअर्थखबर फटाफट

वरिष्ठ उद्योगपति क्याल मधेस प्रदेशको आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त (पत्रसहित)

Thrill Factory
Rungta Group

वरिष्ठ उद्योगपति सत्यनारायण क्याल मधेस प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

मधेस प्रदेश सरकारले उद्योगी क्याललाई प्रदेशको सल्लाहकारमा नियुक्त गरेको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज क्याललाई आर्थिक तथा औद्योगिक सल्लाहकारमा नियुक्ति पत्र पठाउनुएको हो ।

औद्योगिक तथा व्यापारिक समूह क्याल ग्रुपका अध्यक्ष रहेका क्याल ३ दशकभन्दा लामो समयदेखि औद्योगिक र व्यापारिक गतिबिधिमा सक्रिय रहँदै आउनुभएको छ । मधेस प्रदेश मन्त्रिपरिषद्को यही माघ २० गतेको बैठकले क्याललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

निजीक्षेत्रका अनुभवी व्यक्तित्वलाई सल्लाहकारमा समेटेर प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि उद्योगपति क्याललाई सल्लाहकार बनाइएको प्रदेश सरकारले बताएको छ ।

मधेस प्रदेशको औद्योगिक विकासका लागि आवश्यक नीति निर्माणमा सल्लाह र सुझाव लिन क्याललाई सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री राउतको पत्रमा उल्लेख छ । प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक विषयमा सल्लाह सुझाव लिइने पत्रमा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button