No Image Headlineअर्थमुख्य खबर

एक वर्षदेखि त्रिपाल ओढाएर राखिएको रेल सञ्चालनको तयारी, नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गर्ने

Thrill Factory
Rungta Group

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने भएको छ ।

२०७७ असोज २ मा भारतीय कम्पनी कोंकणबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने उक्त रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

‘हामीले यो फेब्रुअरी तेस्रो साताबाट जयनगर कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौं, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भने, रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ। दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमित रूपमा रेल सञ्चालन हुने उनको भनाइ छ।

कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ, महाप्रबन्धक झाले भने, ‘तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौं। अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको महाप्रबन्धक उनको भनाइ छ।

रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउँछौं, झाले भने ‘त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिन्छ। रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म समान्य सिटमा ७० रुपैयाँ र एसी सिटमा ३०० रुपैयाँ भाडा निर्धारण गरिएको उनको भनाइ छ।

रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि रेल्वे लिकमा रहेका क्लिपहरु चोरी भइरहेको र ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेको, रेल्वे लिकमै अनधिकृतरूपमा छाप्रो हालेर पसल चलाउँदै आएको र छाडारूपमा पशु चौपाया छाड्ने गरेकाले रेल सञ्चालनमा कठिनाइ भइरहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button