कला/साहित्य
नयाँ भर्सनमा ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ (भिडियोसहित)

चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो ।



दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु पन्तको सांगीतिक करिअरमा यो गजलले थप उचाइ नै दियो ।



सोही चर्चित गजल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो । सफल यो गजललाई विपिन किरणले रचेका हुन् । गजलमा महेश खड्काको संगीत सुन्न सकिन्छ ।


