अर्थ

बलेफी हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

Patanjali Nepal
Sweet Mart Food

कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रशितशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये उद्योग प्रभावित क्षेत्रमा निष्कासन गर्ने भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं  २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ गाविस) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता निष्काशन गर्ने भएको छ ।

यस्तै आयोजनाको १३२ केभि प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्कासन गरिनेछ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट कार्यालयबाट आवेदन दिन सक्नेछन् । साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button