अर्थ

समृद्धि फाइनान्सको हकप्रद सेयर फागुन ८ गतेदेखि खुल्ने

समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि ५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयर निष्कासन गर्नका लागि समृद्धिले पुस ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले यो हकप्रद सेयर भर्न सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले हकप्रद भर्न सकिनेछ ।
यस हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–१ मकवानपुरबाट आवेदन दिन सकिनेछ ।
यसैगरी, समृद्धिको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखाबाट पनि आवेदन दिन सकिन्छ । सी–आस्वा तथा मेरो सेयरमार्फत अनलाइनबाट पनि हकप्रद सेयर भर्न सकिन्छ । यसमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Patanjali Nepal
SweetMart Nepal

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button