कला/साहित्य

रणवीर-आलिया ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट आजबाट नयाँ चलचित्रको सुटिङमा व्यस्त हुनेछन्। चलचित्रको नाम हो ‘रकी और रानीकी प्रेम कहानी’।

चलचित्र पछिल्लो समय खुबै चर्चामा छ। भारतको गोरेगाउँ फिल्म सिटीमा छायांकन हुन गइरहेको चलचित्रका लागि दुवै कलाकारको १२ दिनको सेड्युल मागिएको छ। यसबीच गीत र केही सिनको छायांकन हुनेछ।

करण जोहरको निर्देशनमा बन्न लागेको चलचित्र यसअघि १० जनवरीमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण सुटिङ रोकिएको थियो।चलचित्रमा रणवीर(आलियासँगै पुराना नायक धर्मेन्द्र, नायिका जया बच्चन, शबाना आजमीलगायत मुख्य भूमिकामा छन्।

चलचित्र फेब्रुअरी २०२३ मा रिलिज हुने बताइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button