No Image Headlineअर्थ

दोहोरो अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

सोमबार घटेको सेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार पुँजीबजार मापक परिसूचक १९.२९ अंकले बढेको हो। यससँगै नेप्से २८९१.३३ बिन्दुमा उक्लिएको छ।

साताको पहिलो कारोबार दिन आइतबार १०५.५५ अंकले बढेको सेयर बजार सोमबार १३.४८ घटेको थियो। मंगलबार समग्र नेप्से ०.६७ प्रतिशतले बढेको छ।

यस्तै, ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा उक्लिएको छ।

सोमबारको तुलनमा आज कारोबार रकम पनि बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज १४८ वटा कम्पनीको सेयर मूल्य सकारात्मक बन्दा ३६ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ। ६ वटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको कारोबारमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य पनि सर्किट लेभलमा कारोबार भएको छ। नेरुड लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३।१७ प्रतिशतका दरले गुमाएका छन्।

आज नेसनल हाइड्रोपार कम्पनीको सेयर सबैभन्दा धेरै ३९ करोड एक लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सेयर सबैभन्दा धेरै नौ लाख ५५ हजार २७० कित्ता किनबेच भएका थिए। यस्तै हाइड्रो इलेक्रट्रिसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सेयर सबैभन्दा धेरै चार हजार ३१२ पटक कारोबार भएको नेप्सेले जनाएको छ।

आज होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन र ट्रेडिङबाहेक सबै उपसमूहको सूचक सकारात्मक बनेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button