अर्थ

ईमर्जिङ्ग नेपालको आईपीओ कहिलेदेखि आउँदैछ ?

ईमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याइएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिङ नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button